नेपाली क्रिकेट टोलीले यूएई प्रवेशाज्ञा पायो
काठमाडौँ, ६ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) को प्रवेशाज्ञा प्राप्त गरेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुमी लामाका अनुसार प्रवेशाज्ञा पाएसँगै टोली आजै यूएई प्रस्थान गर्दैछ।
नेपाली टोलीले असोज ११ देखि १४ गतेसम्म हुने युनिटी कप टी–२० इन्टरनेशनल प्रतियोगितामा भाग लिनेछ। उक्त प्रतियोगितामा नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि प्रवेशाज्ञा नपाउँदा सहभागितामा अनिश्चितता देखिएको भए पनि अब समस्या समाधान भइसकेको क्यानले जनाएको छ।
Facebook Comments Box

