सुशासन र भ्रष्टाचारमा गम्भीर नभएकै कारण ठूलो क्षति : डा. शेखर कोइराला
विराटनगर, ४ असोज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले तत्कालीन सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भीरता नदेखाएको कारण जेनजी आन्दोलनमा ठूलो क्षति भएको टिप्पणी गरेका छन्।
विराटनगरस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै उनले जेनजी आन्दोलनका क्रममा भएका क्षतिबारे छानबिन हुनुपर्नेमा जोड दिए। कोइरालाले नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरणको विषयमा अहिलेसम्म कुनै छलफल नभएको स्पष्ट पारे। उनले भने :
“राष्ट्रपति रामचन्द्र पौडेलले त्यतिबेला चाल्नुभएको कदम संविधानअनुसार सही थियो। हाम्रो संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था छैन।”
डा. कोइरालाले लोकतन्त्र र प्रजातन्त्रको धरोहर मानिने विराटनगरस्थित कोइराला निवास जलेकोमा दुःख व्यक्त गरे। उनले भने,
“भौतिक संरचना जले पनि कांग्रेसको इतिहास र आदर्श जल्दैन।”

