प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

काठमाडौँ, २ असोज – प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्रीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिँदै नेपाल–भारतबीचको पुरानो मैत्रीपूर्ण सम्बन्धको स्मरण गरिन्। उहाँले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत जानकारी गराइन्।

प्रधानमन्त्री मोदीले नेपालकी नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन व्यक्त गरे। दुवै नेताबीचको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Facebook Comments Box