जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको हेलिकप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइयो

काठमाडौं, ३१ भदौ – भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शवहरू परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएका हुन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गर्दै सरकारले प्रदर्शनमा मृत्यु भएका व्यक्तिहरूको शव घर ठेगानासम्म पुर्‍याउने निर्णय गरेको जानकारी दिएका थिए। प्रदर्शनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

Facebook Comments Box