सिन्धुपाल्चोकमा भूकम्पको धक्का
काठमाडौँ, १८ भदौ – सिन्धुपाल्चोकको तारामराङ आसपास केन्द्रबिन्दु बनाएर मंगलबार राति ११ः२३ बजे ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। धक्का सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा पनि अनुभव गरिएको थियो।
यसअघि मंगलबार बिहान ६ः१५ बजे गोरखाको अजिरकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको र दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ।नेपाललाई भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र मानिने भएकाले पछिल्ला दिनहरूमा साना भूकम्पहरू दोहोरिरहने क्रम जारी छ।
Facebook Comments Box

