आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस

काठमाडौँ, १३ भदौः आज विश्वभर आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको पहलमा मनाइँदै आएको यस दिवसको उद्देश्य आणविक हतियारको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउनु रहेको छ ।

आणविक हतियारले निम्त्याउने विनाशकारी असरबारे जनचेतना बढाउन विश्वका विभिन्न मुलुकमा आज विभिन्न कार्यक्रम, छलफल, सम्मेलन र सञ्चारमाध्यममार्फत चेतनामूलक सामग्रीको प्रचारप्रसार भइरहेको छ । यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन्देश दिँदै,

विगतमा भएको दुई हजारभन्दा बढी आणविक परीक्षणबाट प्राप्त भएको पीडादायी अनुभवलाई नबिर्सिन र भविष्यमा यस्तो गतिविधि कहिल्यै नदोहोर्याउने प्रतिवद्धता जनाउनुपर्नेमा जोड दिनुभएको छ । महासचिव गुटेरेसले शान्तिपूर्ण विश्व निर्माणका लागि आणविक हतियारमुक्त समाजतर्फ अघि बढ्न सबै राष्ट्र एकताबद्ध हुनुपर्ने पनि औंल्याउनुभएको छ ।

Facebook Comments Box