बैतडीमा जिप दुर्घटना, १२ जना घाइते
बैतडी, ११ भदौ
बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । गोठालापानीबाट खोड्पेतर्फ जाँदै गरेको से १ ज २४५ नम्बरको उग्रतारा यातायातको जिप आज दिउँसो दशरथचन्द नगरपालिका–४ शाहिलेक नपुग्दै दुर्घटनाग्रस्त भएको हो ।
प्रहरीका अनुसार जिप सडकबाट करिब ७० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका मध्ये अर्जुन महर, दिनेश पार्की र कबिराज भट्टको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उद्धार गरी जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जिपमा चालकसहित १३ जना सवार थिए । चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ ।
Facebook Comments Box

