साफ यू–१७ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित हुँदै नेपाल बाहिरियो
काठमाडौँ, ११ भदौ
नेपाल साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । आज भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल बङ्गलादेशसँग ४–१ ले पराजित भयो ।
बङ्गलादेशका लागि सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दै चम्किएकी थिइन् भने थुनुएको गोलले टोलीलाई अग्रता दिलायो । नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काइन् ।
यसअघि नेपाल भारतसँग ८–० ले पराजित, भुटानसँग २–१ ले विजयी र अर्को खेलमा बङ्गलादेशसँग ३–० ले पराजित भएको थियो ।
चार खेलबाट जम्मा ३ अंक मात्र जोडेको नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
जितसँगै बङ्गलादेशले ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको भारतको पनि समान ९ अंक छ ।
Facebook Comments Box

