सुटकेसमा मृत भेटिएकी रुबी साह प्रकरण : आरोपी लक्ष्मण पासवानको मृत्यु

काठमाडौँ, ११ भदौ

रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । जलेको अवस्थामा फेला परेका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले जानकारी दिनुभयो । पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुर नजिकै जलेर घाइते अवस्थामा फेला परेका थिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनले आत्मदाह प्रयास गरेको जनाएको छ । गत शनिबार डेराबाट निस्किएकी रुबी साहको शव सुटकेसभित्र फेला परेको थियो ।

Facebook Comments Box