सरकारद्वारा सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने निर्णय

काठमाडौँ, ११ भदौ

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल सञ्चालकलाई सात दिनभित्र सूचीकरणका लागि आह्वान गरिएको जानकारी दिनुभयो ।

तोकिएको समयभित्र सूचीकरणमा नआएमा ती सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराइने र सूचीकरण गरेपछि तत्काल पुनःसक्रिय गराइने भएको छ ।

यससँगै मन्त्रिपरिषद्ले

  • २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रका केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गर्ने,

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गत निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने,

  • नेपाली सेनाका उच्च अधिकारीहरूको सरुवा तथा बढुवा गर्ने,

  • विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सचिव र राज्यमन्त्रीहरूलाई सहभागिता गर्न स्वीकृति दिने,

  • लेखापरीक्षण सेवामा उपमहालेखा परीक्षकमा बढुवा गर्ने, जस्ता निर्णयसमेत गरेको छ ।

Facebook Comments Box