न्याम्सको ३३औँ सिनेट बैठक सम्पन्न, ४ अर्ब १२ करोड बजेट पारित

काठमाडौं, २७ साउन — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ३३औँ सभा (सिनेट) सोमबार न्याम्स कार्यालयमा सम्पन्न भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा भएको बैठकमा चालु आर्थिक वर्षको आर्थिक, शैक्षिक, भौतिक तथा प्रशासनिक कार्यसम्बन्धी विभिन्न प्रस्ताव पारित गरिएको छ।

उपकुलपति प्राडा. भुपेन्द्र बस्नेतका अनुसार, चालु आर्थिक वर्षका लागि ४ अर्ब १२ करोड रुपैयाँको बजेट स्वीकृत गरिएको छ। साथै, भक्तपुर दुवाकोटमा विस्तारित न्याम्स परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विषयमा सैद्धान्तिक सहमति पनि भएको छ।

बैठकले १७८ स्नातकलाई आगामी दीक्षान्त समारोहमा उपाधि प्रदान गर्ने निर्णय गरेको छ। साथै, स्वास्थ्यकर्मी तथा कर्मचारीको महंगी भत्ता समायोजन र विभिन्न अस्पतालहरूमा शिक्षक दरबन्दी थप गर्ने प्रस्तावहरू पनि पारित गरिएको छ।

Facebook Comments Box