सुनसरी दुर्घटना अपडेटः मृतक तीनजनाको सनाखत

इनरुवा, २६ साउन

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शङकर मण्डल, कोसी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङ बिराटनगर–१० का ४० वर्षीय अशोक यादव रहेका छन्। एक अन्दाजी ४५ देखि ५० वर्षकी महिलाको सनाखत भने हुन बाँकी छ।

काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आएको प्र २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा दुर्घटना भएको हो। माइक्रोबसमा १८ जना सवारमध्ये दुई जनाको मृत्यु भएको हो।

घाइतेको उपचार भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल तथा विराटनगरको गोल्डेन अस्पतालमा भइरहेको छ। बस चालक झापाको अर्जुनधारा–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Facebook Comments Box