बर्दियाको किरिनखोलामा जलसतह सतर्कता तहमाथि, सावधानी अपनाउन आग्रह

काठमाडौँ, २१ साउन 

जल तथा मौसम विज्ञान विभागले बर्दियाको किरिनखोला जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। विभागद्वारा सार्वजनिक सूचनामा उल्लेख भएअनुसार किरिनखोलाको जलसतह बढ्दो क्रममा रहेको छ।

यसले गर्दा नदी आसपासका तटीय क्षेत्र तथा डुबानमा पर्न सक्ने होचा भूभागहरूमा जोखिम बढेको हुँदा बुधबार बिहानसम्म सतर्कता अपनाउन विभागले सबैको ध्यानाकर्षण गराएको हो। यसअघि, रुकुम पश्चिमस्थित ठूलो भेरी नदीको रिम्ना जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरेको भन्दै विभागले  चेतावनी जारी गरेको थियो।

Facebook Comments Box