यमनतटमा डुंगा दुर्घटना : ५० भन्दा बढी आप्रवासीको मृत्यु

अब्यान, यमन – यमनको दक्षिणी प्रान्त अब्यान नजिक समुद्रमा डुंगा पल्टिँदा ५० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ। खराब मौसमका कारण भएको यो दुर्घटनामा १५० जना सवार रहेको जनाइएको छ। अब्यान सुरक्षा निर्देशनालयका अनुसार डुंगा दुर्घटनापछि तटीय क्षेत्रमा ठूलो संख्यामा शवहरू फेला परेका छन् भने खोज तथा उद्धार कार्य जारी छ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार मृतकमध्ये धेरैजसो इथियोपियाली नागरिक हुन्। संगठनले घटनालाई “हृदयविदारक” भनेको छ। अफ्रिकाको हर्न क्षेत्रबाट खाडी मुलुकतर्फ यात्रा गर्ने आप्रवासीहरूका लागि यमन एक प्रमुख मार्ग मानिन्छ, जसले गर्दा यस्ता जोखिमपूर्ण यात्रामा ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो छ।

Facebook Comments Box