माओवादी स्थायी समितिको निर्णयः गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता

📍 काठमाडौँ, १९ साउन 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थायी समितिले सबै प्रकारका गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प गरेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले पार्टीभित्रको विभाजन र गुटगत सोचलाई समाप्त गर्दै एकताबद्ध रूपमा जनतामा जाने निर्णय गरिएको जानकारी दिए।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन मुलुकलाई एकताबद्ध गर्ने र आउँदा चुनौतीहरूलाई जिम्मेवारीपूर्वक सामना गर्न पार्टी अब एकढिक्का भएको निष्कर्षमा पुगेको छ,” अध्यक्ष दाहालले भने।

उनका अनुसार अब पार्टी जनताका मुद्दा उठाउँदै मुलुकमा देखिएका बेथिति र विकृति विरुद्ध आन्दोलन गर्ने बाटोमा अघि बढ्ने छ। स्थायी समितिको बैठकले पार्टी अनुशासन, संगठन विस्तार, नीति–कार्यदिशा र भावी रणनीतिबारे पनि छलफल गरेको जनाइएको छ।

Facebook Comments Box