खानेपानीमन्त्री यादवको एक वर्ष: मेलम्चीको पानी बाह्रै महिना, सुधारका अनेक पहल

काठमाडौँ, ३२ असार – खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेको एक वर्ष पूरा भएको अवसरमा मन्त्रालयले खानेपानी क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरेको छ। मन्त्री यादवले मेलम्ची खानेपानी आयोजना, संघीय र स्थानीय आयोजनाहरू, बजेट कार्यान्वयनदेखि अन्तरराष्ट्रिय साझेदारीसम्मका विभिन्न उपलब्धि प्रस्तुत गरेका छन्।

मेलम्चीको पानी वर्षभर उपत्यकामा

मन्त्री यादवका अनुसार, गत असोज २२ गतेदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा नियमित रूपमा आपूर्ति हुन थालेको छ। यसअघि पुस–माघमा मात्र पानी आउने परिपाटी रहेकामा अब बाह्रै महिना निरन्तर पानी आपूर्ति भइरहेको उनले बताए। हाल दैनिक ६ करोड लिटरभन्दा बढी पानी वितरण भइरहेको छ।

संरचना विस्तार र नीतिगत सुधार

  • मेलम्चीको पानी चक्रपथ बाहिर विस्तार गर्न ५ प्याकेजमा सार्वजनिक खरिद प्रक्रिया थालिएको छ।

  • १५ वटा स्थायी कार्यालय स्थापनासहित विभागीय पुनर्संरचना गरिएको छ।

  • खानेपानी संस्थान सेवा, शर्त तथा सुविधा विनियमावली, २०८१ लागू गरी २०७४ यता रोकिएको पदपूर्ति प्रक्रिया पुनःसञ्चालन गरिएको छ।

अन्तर्राष्ट्रिय तथा अन्तर्सरकारी साझेदारी

  • भारत सरकारसँग द्विपक्षीय सम्झौता, इसिमोडसँग सहकार्य तथा संयुक्त राष्ट्रसंघअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागिता।

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग बहुउद्देश्यीय आयोजनामा सहकार्य, प्रदेशसँग लागत साझेदारी सम्झौता।

ठूला शहरमा परियोजना र सुधार

  • झापा, पोखरा, धरान, वीरगञ्ज, बुटवल, कैलालीलगायत प्रमुख सहरहरूमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन।

  • बाढीपहिरोबाट क्षति पुगेका ५२५ आयोजना पुनः सञ्चालन, २५० डिप बोरिङ निर्माण।

  • वीरगञ्जमा रु ४.५० अर्बको बृहत खानेपानी योजना, र राप्ती खोला पथान्तरण सम्भाव्यता अध्ययन।

तराई–मधेसका लागि दीर्घकालीन योजना

  • सुनकोशी–मरिन डाइभर्सन आयोजनामार्फत सर्लाही, बारा, पर्सा लगायत ६ जिल्लामा खानेपानी पूर्वाधार विकास।

  • ८६ वटा खानेपानी आयोजना निर्माण सम्पन्न, देशभर १७०० किमी पाइपलाइन विस्तार, स्वयम्भू, चाबहिल, बालुवाटारलगायतमा ७०० किमीभन्दा बढी पाइप।

क्लोरिनेसन अनिवार्य, शुद्ध पानी अभियान

  • सबै आयोजनामा अनिवार्य क्लोरिनेसन युनिट स्थापना, कर्णालीको भेरी पम्पिङ आयोजनामा निर्माण कार्य प्रारम्भ।

विकास भइरहेका अन्य प्रमुख कामहरू

  • सुन्दरीजलमा २५.५ करोड लिटर क्षमताको प्रशोधन केन्द्रको खरिद प्रक्रिया।

  • कीर्तिपुर र महाँकालचौरमा ६० लाख र ८० लाख लिटर क्षमताका ट्याङ्की निर्माण।

  • पोखरा, विराटनगर, बेलडाँगीलगायतमा लाखौं जनसंख्यालाई स्वच्छ पानी आपूर्ति।

  • वीरगञ्जमा १४ वटा नयाँ खानेपानी आयोजना कार्यान्वयनमा।

बजेट कार्यान्वयनमा सुधार

  • गत आर्थिक वर्षको पुँजीगत खर्च ८६ प्रतिशत, झण्डै रु १२ अर्बको बजेट कार्यान्वयन सहमति।

  • जनसहभागिता शुल्क ३० प्रतिशतबाट १५ प्रतिशतमा झारिएको।

मेलम्ची इन्टेक स्थानान्तरण, सिस्नेरी आयोजनाको तयारी

  • बाढीले क्षति पु¥याएको मेलम्ची इन्टेक स्थानान्तरणका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट प्रक्रियामा।

  • सिस्नेरी आयोजनाको विस्तृत अध्ययन सम्पन्न भई परामर्शदाता छनोट अन्तिम चरणमा।

मन्त्री यादवले मन्त्रालयले नीतिगत, कूटनीतिक र भौतिक पूर्वाधारका दृष्टिले महत्वपूर्ण फड्को मारेको भन्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह सुनिश्चित गरिने बताएका छन्।

Facebook Comments Box