आज चार संसदीय समितिका बैठकहरू सञ्चालन हुँदै
काठमाडौँ, ३२ असार – संघीय संसद्को दुवै सदनको बैठक केही दिनका लागि नबोलाइए पनि आज चारवटा संसदीय समितिका बैठक बस्ने भएका छन्।
आज बैठक बस्ने समिताहरूमा:
-
कानुन, न्याय तथा मानवअधिकार समिति
-
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
-
संघीयता सशक्तीकरण तथा राष्ट्रिय सरोकार समिति
-
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समिति
पर्ने संसद सचिवालयले जनाएको छ।
यता, राष्ट्रियसभा र प्रतिनिधिसभाको आगामी बैठक क्रमशः साउन ६ र ७ गतेका लागि निर्धारण गरिएको छ।
Facebook Comments Box

