बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

काभ्रेपलाञ्चोक, २३ असार – पुण्यमाता खोलामा ह्युमपाइपमार्फत अस्थायी रूपमा खुलाइएको बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ। आईतबार साँझदेखिको अविरल वर्षाका कारण ह्युमपाइपमाथिको माटो बगाएपछि सडक बन्द भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।

यसअघि, शुक्रबार राति फलामको पुल भाँचिएपछि बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहान ह्युमपाइप राखेर अस्थायी रूपमा सडक सञ्चालनमा ल्याइएको थियो। अरनिको राजमार्गको वैकल्पिक मार्ग मानिने यो सडकखण्ड अहिले पूर्णरूपमा बन्द छ, जसका कारण यात्रु र सवारीसाधनलाई समस्या भएको छ।

Facebook Comments Box