मोरङका १६ पालिकाको १६ अर्ब ५७ करोडको बजेट, ग्रामथान मात्रै पछि

मोरङ, ११ असार – आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मोरङ जिल्लाका १६ स्थानीय तहले रु १६ अर्ब ५७ करोड ३६ लाख ५ हजार ६४४ बराबरको बजेट सार्वजनिक गरेका छन्।

जिल्लाका १७ स्थानीय तहमध्ये ग्रामथान गाउँपालिका बाहेक सबैले असार १० भित्र बजेट तथा नीति कार्यक्रम नगर/गाउँ सभामा पेस गरेका हुन्। ग्रामथानमा आन्तरिक विवादका कारण समयमै बजेट पेस हुन सकेको छैन।

सबैभन्दा ठूलो बजेट विराटनगरको

जिल्लामध्ये सबैभन्दा बढी बजेट विराटनगर महानगरपालिकाले ल्याएको छ। महानगरले आगामी वर्षका लागि रु ४ अर्ब ४० लाखको बजेट प्रस्तुत गरेको छ।

त्यस्तै अन्य नगरपालिकाको बजेट यस प्रकार छ:

  • सुन्दरहरैँचा नगरपालिका: रु १ अर्ब ७१ करोड २७ लाख ५९ हजार १८०

  • उर्लाबारी नगरपालिका: रु १ अर्ब १८ करोड ४० लाख ५४ हजार ५००

  • बेलबारी नगरपालिका: रु १ अर्ब ९ करोड ४५ लाख ४७ हजार

  • पथरीशनिश्चरे नगरपालिका: रु ८१ करोड ९९ लाख ९१ हजार

  • रंगेली नगरपालिका: रु ७७ करोड ७७ लाख आठ हजार ५८

  • सुनवर्षी नगरपालिका: रु ७३ करोड १३ लाख २२ हजार

  • लेटाङ नगरपालिका: रु ६१ करोड छ लाख २८ हजार २००

  • रतुवामाई नगरपालिका: रु ३ करोड ८५ लाख ११ हजार

गाउँपालिकाहरुको बजेट विवरण

जिल्लाका आठ गाउँपालिकामध्ये सातले पेस गरेको बजेट निम्नानुसार छ:

  • केराबारी गाउँपालिका: रु ८४ करोड ८५ लाख आठ हजार

  • मिक्लाजुङ गाउँपालिका: रु ७९ करोड ९२ लाख ४९ हजार ७०

  • बुढीगंगा गाउँपालिका: रु ७६ करोड ३० लाख ९३ हजार

  • कानेपोखरी गाउँपालिका: रु ६७ करोड २९ लाख ९६ हजार

  • जहदा गाउँपालिका: रु ६० करोड २७ लाख ९० हजार ५२५

  • धनपालथान गाउँपालिका: रु ५९ करोड एक लाख ७३ हजार ३११

  • कटहरी गाउँपालिका: रु ५८ करोड ९१ लाख ४४ हजार ५००

बजेट पेस नगरेको ग्रामथान

असार १० गतेभित्र बजेट पेस गर्नुपर्ने कानुनी प्रावधान हुँदाहुँदै ग्रामथान गाउँपालिकाले आन्तरिक किचलोका कारण उक्त समयावधिमा बजेट पेस गर्न सकेको छैन।

Facebook Comments Box