आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १ असार – नेपाल राष्ट्र बैंकले आइतबार (असार १ गते) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले प्रकाशित गरेको सूचीनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरोको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा छ भने बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा तोकिएको छ। त्यस्तै, स्वीस फ्र्याङ्कको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा रहेको छ।
अन्य प्रमुख मुद्राहरूको विनिमय दर यसप्रकार छ:
-
अष्ट्रेलियन डलर: खरिददर ८८ रुपैयाँ ९४ पैसा, बिक्रीदर ८९ रुपैयाँ ३३ पैसा
-
क्यानेडियन डलर: खरिददर १०० रुपैयाँ ७३ पैसा, बिक्रीदर १०१ रुपैयाँ १७ पैसा
-
सिङ्गापुर डलर: खरिददर १०७ रुपैयाँ ०१ पैसा, बिक्रीदर १०७ रुपैयाँ ४८ पैसा
-
जापानी येन (१० को आधारमा): खरिददर ९ रुपैयाँ ५२ पैसा, बिक्रीदर ९ रुपैयाँ ५६ पैसा
-
चिनियाँ युआन: खरिददर १९ रुपैयाँ १३ पैसा, बिक्रीदर १९ रुपैयाँ २२ पैसा
खाडी मुलुकका मुद्राहरूको दर:
-
साउदी रियाल: खरिददर ३६ रुपैयाँ ६२ पैसा, बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा
-
कतारी रियाल: खरिददर ३७ रुपैयाँ ७१ पैसा, बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा
-
युएई दिराम: खरिददर ३७ रुपैयाँ ४३ पैसा, बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा
-
कुवेती दिनार: खरिददर ४४९ रुपैयाँ, बिक्रीदर ४५० रुपैयाँ ९६ पैसा
-
बहराइन दिनार: खरिददर ३६४ रुपैयाँ २७ पैसा, बिक्रीदर ३६५ रुपैयाँ ८६ पैसा
-
ओमनी रियाल: खरिददर ३५६ रुपैयाँ ९७ पैसा, बिक्रीदर ३५८ रुपैयाँ ५३ पैसा
अन्य केही मुद्राहरूको विनिमय दर:
-
थाइ भाट: खरिददर ४ रुपैयाँ २३ पैसा, बिक्रीदर ४ रुपैयाँ २५ पैसा
-
मलेसियन रिङ्गेट: खरिददर ३२ रुपैयाँ ३७ पैसा, बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा
-
दक्षिण कोरियन वन (१०० को आधारमा): खरिददर १० रुपैयाँ ०२ पैसा, बिक्रीदर १० रुपैयाँ ०७ पैसा
-
स्वीडिस क्रोनर: खरिददर १४ रुपैयाँ ३८ पैसा, बिक्रीदर १४ रुपैयाँ ४५ पैसा
-
डेनिस क्रोनर: खरिददर २१ रुपैयाँ १९ पैसा, बिक्रीदर २१ रुपैयाँ २८ पैसा
-
हङकङ डलर: खरिददर १७ रुपैयाँ ५१ पैसा, बिक्रीदर १७ रुपैयाँ ५९ पैसा
नेपाल–भारतबीचको मौद्रिक विनिमय सन्दर्भमा भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकले आवश्यक परेमा विनिमय दर कुनै पनि समयमा संशोधन गर्न सकिने जनाएको छ। यद्यपि, वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुनसक्नेछ। अद्यावधिक दरहरू राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिने पनि जानकारी दिइएको छ।

