नेपाल-चीन सीमानामा ७ म्याग्निच्युडको भूकम्प
काठमाडौं, २३ पुस – आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले मोरङमासमेत भूकम्पकाे धक्का महसुस भएकाे बताएका छन्।
Facebook Comments Box

