गएरातिदेखि परेको वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र डुबानमा
काठमाडौं, २२ साउन – गएरातिदेखि परेको वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र डुबानमा परेका छन्। बल्खुदेखि चोभारसम्मका विभिन्न क्षेत्रको जनजीवन वर्षापछि अस्तव्यस्त बनेको छ। उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार कोटेश्वर, बल्खु, माइतीघर, लैनचौर, पुतलीसडक, केशरमहल लगायतका मुख्य र सहायक सडकमा पानी जमेर सवारी आवागमन प्रभावित बनेको छ।
बल्खु, टियू गेट हुँदै चोभारसम्म पुग्ने बाटोमा पानी जमेपछि स्थानीयलाई आवातजावत गर्न समस्या भएको छ। सुन्दरीघाट, कुमारी क्लब, कीर्तिपुर गेट लगायतका क्षेत्रका सडकमै अत्यधिक पानी जमेको छ। विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायतमा जलसतह सतर्कता तह माथि रहेको र केहीमा खतरा पुगेको र बढ्दो रहेकाले तटीय क्षेत्रमा ४ बजे सम्म अति उच्च सतर्कता अपनाउन बाढी पूर्वामानुमा महाशाखाले आग्रह गरेको छ।

