सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम सुरु
काठमाडौँ ९ साउन – बुधबार (साउन ९) बिहान भएको सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम सुरु गरिएको छ। अस्पताल प्रशासनले दिएको जानकारी अनुसार, साँझ ५ बजेबाट पोस्टमार्टम सुरु गरिएको हो।
मृतकहरूको जतिसक्दो छिटो पोस्टमार्टम सक्नेगरी निरन्तरता दिइने अस्पतालले जनाएको छ। मृतकका आफन्तहरू त्रिवि शिक्षण अस्पताल परिसरमा छन्। आफन्त गुमाएका उनीहरू भावविह्वल अवस्थामा शव कुरेर बसिरहेका छन्।
विमान दुर्घटना हुँदा सवार १९ मध्ये १८ जनाको निधन भएको छ भने एक जना घाइते भएका छन्। घाइते भएका पाइलट मनीषरत्न शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ।
Facebook Comments Box

