टी२० विश्वकपमा अमेरिकासँग पाकिस्तान पराजित
काठमाडौँ, २५ जेठ – आईसीसी टी२० विश्वकपमा सहआयोजक अमेरिकाले पाकिस्तानविरुद्ध सनसनीपूर्ण जित निकालेको छ। टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १५९ रन बनाएको थियो।
उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले २० ओभरमा ३ विकेट क्षतिमा १५९ रन नै बनाएपछि खेल टाई भयो। अन्ततः सुपर ओभरमा बलियो टोली पाकिस्तानविरुद्ध घरेलु मैदानको फाइदा उठाएको अमेरिकाले सनसनीपूर्ण जित निकाल्न सफल भयो।
Facebook Comments Box

