२ करोड रुपैयाँसहित कपडा व्यापारी पक्राउ
काठमाडौँ, ५ माघ – राजस्व अनुसन्धान विभागले २ करोड रुपैयाँसहित कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ। बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मार्दा हुन्डीको २ करोड रकम बरामद भएकाले उनलाई नियन्त्रणमा लिइएको विभाग स्रोतले जानकारी दिएको छ।
‘बाहिर कपडा व्यापार देखाइए पनि भित्रभित्र सुन, हुन्डी र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको विभागको अनुमान’ स्रोतले भन्यो। राजस्व अनुसन्धान विभागको हिरासतमा रहेका अग्रवालबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।
Facebook Comments Box

