नेपाल सुपर लिग फुटबलमा ललितपुर सिटी र झापा एफसी गोलरहित बराबरीमा

काठमाडौँ, २९ मङ्सिर – नेपाल सुपर लिग एनएसएल फुटबलमा ललितपुर सिटी र झापा एफसीले गोलरहित बराबरी खेलेका छन् ।काठमाडौंको दशरथ रंगशालामा गोल गर्न पाएका मौका सदुपयोग गर्न नसक्दा ललितपुर र झापाले अंक बाँडेका हुन् ।

दुवैको यो चौथो बराबरी हो । बराबरीपछि ललितपुरले शीर्ष स्थानमा पुग्ने मौका गुमायो । ६ खेलबाट १० अंकसहित ललितपुर दोस्रो स्थानमै यथावत छ । ६ खेलबाट ७ अंक जोडेको झापा पाँचौ स्थानमा उक्लेको छ । बुटवल लुम्बिनी समान अंक बराबरी भए पनि हेड टु हेडमा झापा अघि रहेको हो ।

Facebook Comments Box