काठमाडौँ उपत्यकामा ३ हजार ३४९ जना सहित देशभर थप ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३१ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ३४९ जना सहित देशभर थप ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा २० हजार ९४८ आरटी पीसीआर तथा ५३० एन्टीजेन परिक्षण सहित २१ हजार ४७८ जनाको परिक्षण गर्दा ८ हजार ५२० जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ४ लाख ४९ हजार ६५८ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ५१६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार १३५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २०३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ४ हजार ६६९ रहेको छ

Facebook Comments Box