प्रधानमन्त्री प्रचण्डले भेटे भारतीय राष्ट्रपति मुर्मुलाई
काठमाडौँ, १७ जेठ – चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार अपरान्ह भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेकाा छन्
भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति मुर्मुबीच शिष्टाचार भेटवार्ता भएको हो। भेटका क्रममा दुई देशबीचको हितका विभिन्न विषयमा कुरा भएको बताइएको छ।
यसअघि प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा दुई देशका अधिकारीबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो।
Facebook Comments Box

