पछिल्लो २८ घण्टामा देशभर ३७ जानामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २८ वैशाख – पछिल्लो २८ घण्टामा देशभर ३७ जानामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७ आरटी पीसीआर तथा २ हजार १६७ एन्टीजेन परिक्षण सहित २ हजार ४१४ जनाको परिक्षण गर्दा ३७ जानामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५६ हजार ९७९ रहेको छ भने सक्रिय संक्रमितको संख्या १२६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ९१ हजार २५९ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वास्थय मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार ३१ रहेकाे छ ।

Facebook Comments Box