गैरकानुनी विज्ञापन नगर्न विज्ञापन बोर्ड को आग्रह

काठमाडौँ, १७ चैत – विज्ञापन बोर्ड ले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा कानुनले निषेध गरेका माध्यममा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ । सरकारले चैत १३ गतेको मन्त्रिपरिषद् बैठकबाट सबै प्रकारका बेटिङ एप तथा वेबसाइट बन्द गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै बोर्डले गैरकानुनी रूपमा भइरहेको विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन तुरुन्त बन्द गर्न सरोकारवालालाई अनुरोध गरेको हो ।

बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्री का अनुसार, बन्द गरिएका वा गैरकानुनी एप तथा वेबसाइटमा विज्ञापन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ । त्यस्ता गतिविधि देखिएमा बोर्डमा तत्काल उजुरी गर्न पनि आग्रह गरिएको छ ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार जुवा खेल्न वा खेलाउन प्रोत्साहन गर्ने तथा अनुमति नलिएको चिठ्ठा किनबेचलाई बढावा दिने विज्ञापन गर्न नपाइने व्यवस्था रहेको बोर्डले स्मरण गराएको छ । बोर्डले डिजिटल माध्यममा बढ्दो गैरकानुनी विज्ञापन नियन्त्रण गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

Facebook Comments Box