त्रिदेशीय प्रतियोगिता खेल्ने नेपाली फुटबल टोली घोषणा
काठमाडौं, ११ चैत – गोलरक्षक किरण चेञ्जोङको कप्तानीमा त्रिदेशीय फुटबल प्रतियोगिता खेल्ने नेपाली टोली घोषणा भएको छ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार टोलीको घोषणा गरेका हुन्। त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू-२३ टोली खेलिरहेका छन्।
दशरथ रंगशालामा बिहीबार नेपालले किर्गिस्तानको सामना गर्दैछ। घोषित नेपाली टोलीको गोलरक्षकमा चेञ्जोङसँगै विकेश कुथु, दीप कार्की छन्।
यस्तै रक्षकमा रन्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ छन्।
यस्तै मिडफिल्डरमा त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, अरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान र फरवार्डमा अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल र भरत खवास छन्। खेल बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा हुन्छ।