स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा डा सुजन ढकाल पक्राउ

काठमाडौँ, १९ वैशाख – काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा सुजन ढकाल पक्राउ परेका छन्। उनलाई काठमाडौंबाट प्रक्राउ गरिएको हो। डा. ढकाललाई अहिले बालाजु प्रहरी वृत्तमा राखिएको छ।

डा. ढकालसहित उनका बुबा मुरलीप्रसादविरुद्ध नर्सको परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए। डाक्टरको घरमा मृत भेटिइन् वीर अस्पतालकी नर्स स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

कोशी अस्पतालमा कार्यरत डा ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ। उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेको बताइएको छ।

Facebook Comments Box