रवि लामिछानेका चालक शम्भु थापाको निधन
काठमाडौँ, १९ वैशाख – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको मंगलबार दिउँसो १ बजेर ४० मिनेटमा निधन भएको हो।
सांसद रवि लामिछानेका गाडी चालक ‘कोमा’मा ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रवीण पोखरेलले सिन्धुपाल्चोक घर भएका थापाको निधन भएको जानकारी मेडिसिटी अस्पतालले दिएको बताएका छन्।
उनी गत वैशाख ४ गते बिहान पौने ४ बजे शंकास्पद रूपमा चितवनस्थित अढाईतले घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए। चितवनको पुरानो मेडिकल कलेजमा टाउकाको शल्यक्रियापछि थापालाई थप उपचारका लागि गत वैशाख ५ गते ललितपुरस्थित मेडिसिटी ल्याइएको थियो। तर त्यस बेलादेखि नै बेहोस उनी अहिले कोमामा थिए। भेन्टिलेटरमा उपचारकै क्रममा उनको मंगलबार निधन भएको हो।

