रौतहटमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

रौतहट, १३ पुस – रौतहटमा जन्ती लिएर घर फर्किरहेका गाड़ी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। गाडीमा सवार ८ जनामध्ये १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारूफ मियाँ अन्सारी र २५ वर्षीय सेख छोटु लगायतको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए।

बिआर ०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया जन्ती गएको थियो । विवाह कार्यक्रम सकेर घर फर्कने क्रममा रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा मंगलबार दिउँसो सवा ४ बजे गाडी दुर्घटनामा परेको हो ।

गाडी तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किएर सडकबाट झण्डै २० फिट तल खसेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । उनका अनुसार घाइते ३ जनाको गरुडास्थित ग्रान्डी अस्पतालमा उपचार भाइरहेको छ ।

Facebook Comments Box