सङ्घीय संसद्को चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य
काठमाडौँ, १६ वैशाख – सङ्घीय संसद्को चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए ।
कावा राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा संसद् अधिवेशन अन्त्य गरेका हुन् । बैठकमा यसअघि सभामुख घिमिरेले यस अधिवेशनमा प्रतिनिधिसभा बैठकबाट भएका काम कारबाहीको विवरण सुनाएका थिए ।
Facebook Comments Box

