समिट अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीयबासिन्दा त्रसित

काठमाडौँ, २५ चैत – ललितपुरको बखुण्डोलमा निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीयबासिन्दा त्रसित भएका छन् । अपार्टमेन्ट बनाउनका लागि डोजर लगाएर गहिरो जग खनेका कारण वरपरका घर भासिएको स्थानीबासिन्दाले बताएका छन् ।

कुनै कुनै घर त एक तला नै भासिएका छन् भने कतिपय घरको कम्पाउन्डमा चिरा परेको छ । अपार्टमेन्टका कारण आफूहरुको घर भासिएको भन्दै उनीहरुले बास बस्ने ठाउँसमेत नभएकाले आवश्यक व्यवस्था मिलाउन माग गरेका छन् ।

Facebook Comments Box