नेपाली सेनाको विभिन्न पदका लागि आवेदन खुला

काठमाडौँ, २४ चैत – नेपाली सेनाले विभिन्न पदका लागि आवेदन खुला गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राड/प्राविधिक/हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि आवेदन खुलाएको हो। खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको जनाइएको छ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर अनलाइन दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ। अनलाई दरखास्त फारम भरेर रु १० को टिकटसहित स्वयं उपस्थित भई आगामी वैशाख ३० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

Facebook Comments Box