काठमाडौँ महानगरपालिकामा १ लाख ८९ हजार ४२० खसेको मतमध्ये ५० हजार मतपत्रको गणना

काठमाडौं, ४ जेठ – काठमाडौँ महानगरपालिकामा कुल खसेको मतमध्ये ५० हजार मतपत्रको गणना भएको छ। बुधबार बेलुकी कुल खसेको मतमध्ये ५० हजार मतपत्रको गणना सम्पन्न भएको हो।

वैशाख ३० गतेसम्म स्थानीय तह निर्वाचनमा १ लाख ८९ हजार ४२० मत खसेको थियो। वैशाख ३१ बिहानबाट जारी मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १८ हजार २३७ मत ल्याएका छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापित ९ हजार ५१७ मतका साथ पछ्याइरहँदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८ हजार ५३७ मत प्राप्त गरेकी छन्।

महानगरको उपप्रमुखमा एमाले उम्मेदवार सुनिता डंगोलले १७ हजार ८२६ मत पाएकी छन्। उनलाई नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ ५ हजार ७२२ मतका साथ पछ्याइरहेका छन्।

काठमाडौँका ३२ वडामध्ये १, २, ३ र ५ नम्बर वडाको गणना सम्पन्न भइसकेको छ। अहिले ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ।

Facebook Comments Box