नापी कार्यालयबाट एक लाख ७५ हजार रुपैंया घुससहित दुई जनालाई पक्राउ

काठमाडौँ, १४ चैत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मनमैजुस्थित नापी कार्यालयबाट एक लाख ७५ हजार रुपैंया घुससहित दुई जनालाई पक्राउ गरेको छ ।

जग्गाको कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस मागेको आरोपमा अख्तियारले सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्कीलाई पक्राउ गरेको हो । अख्तियारका अनुसार उनीहरुको साथबाट एक लाख ७५ हजार रुपैंया समेत बरामद भएको छ ।

Facebook Comments Box