उपराष्ट्रपतिमा गठबन्धन विभाजित भएपछि चार दलको बैठक बस्दै

काठमाडौं, ३० फागुन – सत्ता गठबन्धनका शीर्ष चार दलको बैठक बस्दैछ । उप–राष्ट्रपतिका सन्दर्भमा आज साझा प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक बस्न लागेको हो ।

राष्ट्रपति निर्वाचनमा एक ठाउँमा उभिएको १० दलीय गठबन्धन उप–राष्ट्रपति निर्वाचनमा तितरबितर भएपछि चार दलबीच छलफल हुन लागेको देखिन्छ । चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ ।

गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको अवस्था छ । साझा उम्मेदवार निष्क्रिय पार्न जसपाले कांग्रेस, माओवादी र एकीकृत समाजवादीको साथ खोजेको छ ।

Facebook Comments Box