पछिल्लो २४ घण्टामा देशभर ६ जानामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ फागुन – पछिल्लो २४ घण्टामा देशभर ६ जानामा कोरोना संक्रमण पुष्टि । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४६ आरटी पीसीआर तथा ९५४ एन्टीजेन परिक्षण सहितर १ हजार ३०० जनाको परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५३ हजार ३६२ रहेको छ भने सक्रिय संक्रमितको संख्या १५ रहेको छ ।  यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २० पुगेको छ ।

Facebook Comments Box