“आउ साथी एउटा खुशीको दियो बाल्यौ” बोलको जागरण गीत बजारमा
काठमाडौँ, १३ माघ – नेपालमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको जनचेतनाका लागि संगित संयोजन महेश्वर राजमान भण्डरीको मिक्सिङ् तथा मास्टरिङ्मा स्टुडियो साउण्ड मिलको प्रस्तुती रहेको ” आउ साथी एउटा खुशीको दियो बाल्यौ” बोलको जागरण गीत बजारमा ल्याइएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको सवालहरुलाई समावे गरी उनीहरुको विषयमा जनचेतना जगाउने उदेश्यले ल्याइएको यस गीतको प्रवर्धनका लागि हिजो विहिबार सरस्वती पुजाको अवसर पारेर मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपाल, धापाखेलले गिती मेला कार्यक्रमको आयोजना गर्यो ।
यो गिती मेला कार्यक्रममा यस गीतमा मस्तिष्क पक्षाघात तथा अन्य अपाङ्गता भएका व्यक्तिहरुले नृत्य प्रस्तुत गर्नु भएको थियो । यस कार्यक्रमका प्रमुख अतिथि एवं अष्ट्रेलियाका राजदुत फेलिसिटी भेल्क HE Felicity Volk ले यस संस्थाको अवलोकन गर्दै संस्थालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने भन्दै यस यसको प्रवर्धनका लागि पनि सहयोग गर्ने बताउनु भयो ।
संगितकार नरेश प्रधानको शब्द र वरिष्ठ संगितकार शक्तिबल्भको संगित रहेको यस गितमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, बुनु श्रेष्ठ, अञ्जु पन्त, शिव परियार, अस्मिता अधिकारी, पुष्पन प्रधान लगायतका कलाकारहरुको स्वर रहेको छ ।
त्यसै गरी यस गितको भिडियोमा रश्मी भट्ट, उशा रजत, रक्षा थापा, सुन्दर धिताल, प्रिन्स प्रसिद सिंह थापा, विकास रिमाल लगायतका कलाकारहरुको अभिनय रहेको छ भने सो भिडियोलाई मोहन राई खतिवडाले निर्देशन गर्नु भएको हो ।
मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालका कार्यकारी अधिकृत विमललाल श्रेष्ठको परिकल्पनामा ल्याइएको यस गीतलाई गत २०१९ डिसेम्बर ३ तारिकमा अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवसका दिन तत्कालिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले विमोचन गर्नु भएको थियो ।

शर्मिला विश्वकर्मा

