हेटौंडा-कुलेखानी सडकखण्डमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ, ७ मङ्सिर – मकवानपुरको हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्ड अन्तर्गत सल्लेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परी करिब ३४ वर्षीय परिचय खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना.१ ज. ४४६६ नम्बरको जीप इन्द्रसराेबर गाउँपालिका-२ स्थित सल्लेमा अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेकाे थियो । घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

Facebook Comments Box