माओवादीको स्थायी कमिटी बैठक सर्यो
काठमाडौं, २ भदौ – आज बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्नसम्मका लागि सारिएको छ । आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको हो ।
आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ । प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको स्रोतले जनाएको छ । बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो ।
Facebook Comments Box

