सुनसरीका प्रहरी प्रमुखद्वारा कैदीबन्दीलाई टिका

सुनसरी, १९ असोज – बडा दसैँको अवसरमा सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले कैदीबन्दीलाई टिका लगाइदिनुभएको छ ।डिएसपी राईले आज एक कार्यक्रमको आयोजना गरी २४ कैदीबन्दीलाई दसैँको टिका र जमरा लगाइदिनुभएको हो ।

विभिन्न मुद्दाअन्तर्गत थुनामा रहेका कैदीबन्दीलाई दसैँको आभास दिलाउन उहाँले टिका र जमरा लगाइदिनुभएको हो । “दसैँमा कसैलाई खल्लो महसुस नहोस भनेर कैदीबन्दीलाई टिका र जमरा लगाइदिएको हुँ”, उहाँले भन्नुभयो ।

Facebook Comments Box