दक्षिण कोरियामा एकै दिनमा एक लाख एक हजारभन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण

काठमाडौं, १० भदौ – दक्षिण कोरियामा कोरोना भाइरसबाट पछिल्लो एकै दिनमा एक लाख एक हजारभन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण भएको छ।

सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार कोरियामा थप एक लाख एक हजार एक सय ४० जनालाई कोरोना पुष्टि भएको हो। अघिल्लो दिनको तुलनामा शुक्रबार सङ्क्रमितको सङ्ख्या घटेको देखिएको छ।

योसँगै कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या दुई करोड २८ लाख दुई हजार नौ सय ८५ पुगेको छ। अघिल्लो दिन एक लाख १३ हजार तीन सय ७१ जनालाई कोरोना संक्रमण भएको विवरण सार्वजनिक गरिएको थियो।

अघिल्लो हप्ता औसतमा एक लाख १४ हजार सात सय ६५ जनामा कोरोना पुष्टि भएको थियो। अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये पाँच सय ७५ जना गम्भीर अवस्थामा छन्। तीमध्ये नौ जना पछिल्लो एक दिनमा थपिएका हुन्।

Facebook Comments Box