नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दै

काठमाडौँ, ९ भदौ – नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ। बिहीबार बिहान ११ बजेका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको प्रचार विभागले जानकारी दिएको छ। आजको बैठकमा भोलि (१० भदौ) बाट सुरु हुन केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल हुने बताइएको छ।

केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवदेनबारे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिनेछन्। भोलि र पर्सि दुई दिन केन्द्रीय कमिटी बैठक बस्दैछ। यस्तै १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक आयोजना हुँदैछन्।

एमालेले आम निर्वाचनलाई केन्द्रमा राखेरका स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक धमाधम राखेको हो। यसअघि मंगलबार बसेको स्थायी कमिटीको बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी एवं रणनीतिबारे छलफल गरेको थियो।

Facebook Comments Box