नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा
काठमाडौँ, ९ भदौ – नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन्। पार्टीको सातौं स्थायी कमिटी बैठकले शाहीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको थियो। विगत ५/६ महिनादेखि पार्टी काम छाडेर निष्क्रिय रहेको भन्दे आजबाट कुनै दलसँग आवद्ध नरहेको घोषणा शाहीले गरेका छन्।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘२०५४ सालमा वामदेव‘फुट्बाट पनि शक्ति प्राप्त हुन्छ’ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनको पछि लागे। गत वर्षपनि पुनर्गठनका नाममा माधव नेपालको नेतृतवमा पार्टी विभाजन भयो त्यसको पछाडि लाग्नेमा म पनि थिएँ।’
पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई मात्रै फाइदा पुर्याएको शाहीको विश्लेषण छ। ‘पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पुर्यायो,’ शाहीले भनेका छन्, ‘त्यसवापदको पछुतो र आत्मग्लानि भएको छ।’ ‘विगत ५/६ महिनादेखि नै पार्टी काम छाडेर निष्क्रिय रहेको अस्वस्थ थियो भने आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु,’ शाहीले भनेका छन्।

