काठमाडौं उपत्यकामा २४२ जना सहित देशभर थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु

काठमाडौँ, ६ भदौ – काठमाडौं, ४ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४२ जना सहित देशभर थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ३ हजार ३८१ आरटी पीसीआर तथा ३ हजार २६२ एन्टीजेन परिक्षण सहित ६ हजार ६४३ जनाको परिक्षण गर्दा थप ६५८ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार ९४० रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार २९६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४५६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७९ हजार ३५७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९९३ पुगेको छ ।

Facebook Comments Box