पछिल्लो २४ घण्टामा देशभर १०४ जानामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु
काठमाडौँ, ४ वैशाख – पछिल्लो २४ घण्टामा देशभर १०४ जानामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७१ आरटी पीसीआर तथा १ हजार ६१ एन्टीजेन परिक्षण सहित १ हजर ६३२ जनाको परिक्षण गर्दा १०४ जानामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५५ हजार ११६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३७९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८९ हजार ८३९ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्वास्थय मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २३ पुगेको छ ।

